चुनावी गठबन्धनबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक शुरु

नेपालभ्युज

चुनावी गठबन्धनबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक शुरु
काठमाडौं। चुनावी गठबन्धनबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक शुरु भएको छ। शुक्रबार दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु बैठकमा चुनावी तालमेल, संसदीय समिति गठन र स्थानीय तह निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ।
साथै स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा छ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म चल्ने गरी पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ।
यस्तै कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बन्छन्। केन्द्रमा केन्द्रीय संसदीय समिति गठन गर्न लागिएको हो।
कांग्रेसले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved