जनतालाई गाउँमै बसूँ बसूँ लाग्ने बनाउनुपर्छ: पौडेल

नेपालभ्युज

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै आम्दानी र रोजगारीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसूँ बसूँ लाग्ने बनाउनुपर्ने बताएका छन्।

तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि दमौलीमा शुरु  आठौँ तनहुँ महोत्सवमा उनले गाउँमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए।

तनहुँमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिनुपर्नेमा उनको भनाइ थियो। स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रचारप्रसार र बजारीकरण गर्नुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved