अष्ट्रेलियालाई हराउँदै जापान कतार विश्वकपमा छनोट

नेपालभ्युज

अष्ट्रेलियालाई हराउँदै जापान कतार विश्वकपमा छनोट

अष्ट्रेलियालाई हराउँदै जापानाले कतार विश्वकप २०२२ मा स्थान पक्का बनाएको छ।

निर्धारित समय सकिन १ मिनेट बाँकी छँदा पहिलो र अतिरिक्त समयको चौथो मिनेटमा अर्को गोल थप्दै जापाले अष्ट्रेलियालाई हरायो। दुवै गोल काउरो मितोमाले गरे।

एएनजेड स्टेडियम सिड्नीमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि खेलको अन्त्यतिर परिवर्तित खेलाडी काओरु मिटोमाले दुई गोल गर्दै जापानलाई जित दिलाए।

यो जितसँगै समूह ‘बी’ मा जापानले ९ खेलबाट २१ अंक जोडेको छ। पराजित भएको अष्ट्रेलियाले आफ्नो अन्तिम खेलमा जित निकाले पनि विश्वकपमा सोझै छनोट हुन पाएन। अष्ट्रेलियाले विश्वकपमा स्थान बनाउन दुई प्ले अफ खेल खेल्नुपर्ने भएको छ। अष्ट्रेलियाको ९ खेलबाट १५ अंक छ।

विश्वकप छनोटको तेस्रो राउण्डमा यसअघि भएको खेलमा जापानले साउदी अरेबियालाई पनि समान गोलअन्तरले हराएको थियो। त्यस्तै चीनलाई पनि २-० ले हराएको थियो। जापानले अब भियतनामसँग खेल्ने छ। यो समूहबाट साउदी अरेबिया विश्वकप छनोट भइसकेको छ। उसले ८ खेलबाट १९ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved