एमाले केन्द्रीय कमिटी बैठक आज पनि, प्रतिवेदनमाथि छलफल हुने

काठमाडौंको बबरमहलस्थिति कार्की ब्यांक्वेटमा बस्ने बैठकमा केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरूमा लिखित सुझाव र राय प्रस्तुत गर्ने भएका छन्।

नेपालभ्युज

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं। नेकपा एमालेको बैठक आज (बिहीबार) पनि जारी रहने भएको छ। काठमाडौंको बबरमहलस्थिति कार्की ब्यांक्वेटमा बस्ने बैठकमा केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरूमा लिखित सुझाव र राय प्रस्तुत गर्ने भएका छन्।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको थियो।

पार्टीकाप्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार आज बाँकी ९ वटा एजेन्डामा छलफल गर्दै निष्कर्षमा पुग्ने बताइएको छ। राजधानीको कार्की बैंक्वेटमा बुधबारदेखि शुरु भएको दुईदिने बैठकका ११ कार्यसूची छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved