नयाँ वर्ष पारेर टीभीएसले ल्यायो ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना

नेपालभ्युज

नयाँ वर्ष पारेर टीभीएसले ल्यायो ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना

काठमाडौं। जगदम्बा मोटर्सले यो नयाँ वर्षमा पनि हरेक नयाँ वर्षझैं आकर्षक योजना ल्याएको छ।

कम्पनीले ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ नामक नयाँ योजना ल्याएको हो। स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका योजनामा मिल्ने कम्पनीले जनाएको छ।

टीभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने साथै बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर ३१० जित्ने मैका पाउनेछन्।

कम्पनीका अनुसार हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याजदर र एक्सचेन्जमा मासिक ५ हजार ९९९ रुपैयाँ तिर्नेगरी टीभीएस चढ्न पाउनेछन्।

टीभीएसले नेपाली बजारमा आफ्नो मोटरसाइकल तथा स्कुटरअन्तर्गत विभिन्न मोडलहरू बिक्री गरिरहेको छ। टीभीएसले हरेक मोडेलमा ५ वर्षको वारेन्टीका साथै बिक्री पछि जेन्युन पार्टसको सुविधा दिँदै आएको छ। अत्याधुनिक फिचर भएको टीभीएसको एनटर्क, अपाचे सिरिज र रेडरले नेपाली बजार मा आफ्नो छाप छोडेको छन्।

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले टीभीएसको बजारमा माग बढेको हुनाले खुशी व्यक्त गर्दै यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर टीभीएसले बिक्रीलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्य भएको बताए।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो। नेपालभर १४५ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा रुचाइएको टु–ह्वीलर ब्रान्ड बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved