टी-ट्वान्टी र ओडीआई टिमबाट बाहिरिए ज्ञानेन्द्र

नेपालभ्युज

टी-ट्वान्टी र ओडीआई टिमबाट बाहिरिए ज्ञानेन्द्र

काठमाडौं । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय र टी-ट्वान्टी दुवै टिमबाट बाहिरिएका छन्।

नेपालमा यसै महीना आयोजना हुने दुई एकदिवसीय र टी-ट्वान्टी अन्तर्राष्टिय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमको घोषणा गरेका छ। जहाँ मल्ल अटाएनन्।

गत महीना सम्पन्न टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता र यूएईमा जारी त्रिकोणात्मक सिरिजमा विशेषगरी लगातार खराब ब्याटिङका कारण नतिजा राम्रो हुन नसकेपछि टिममा व्यापक हेरफेर भएको छ।

जारी सिरिजमा यूएईसँगको लगातार खराब प्रदर्शनपछि नेपाली टिममा परिवर्तनको खाँचो रहेको कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासनायकेले बताइसकेका थिए।

नेपाली टिममा लगातारको खराब ब्याटिङ प्रदर्शनका कारण ज्ञानेन्द्र मल्लसँगै विनोद भण्डारी र शरद भष्वाकर पनि टिममा पर्न सकेनन्। यो पटक अनुभवी खेलाडीलाई बाहिर राखेर टिममा युवा खेलाडीलाई मौका दिइएको छ।

आउँदो शनिबारदेखि टीयू खेल मैदान कीर्तिपुरमा पीएनजीसँग दुई म्याचको एकदिवसीय सिरिज खेल्दैछ। लगत्तै पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिज पनि आयोजना हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved