स्वास्थ्य मापदण्ड पालना गर्दै होली मनाउन प्रधानमन्त्रीको आग्रह

फागु पूर्णिमा (होली) को अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै होली मनाउन आग्रह गरेका हुन्।

नेपालभ्युज

स्वास्थ्य मापदण्ड पालना गर्दै होली मनाउन प्रधानमन्त्रीको आग्रह
फाइल तस्वीर।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मर्यादित रूपमा होली पर्व मनाउन सबै नेपालीहरूलाई आग्रह गरेका छन्। फागु पूर्णिमा (होली) को अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै होली मनाउन आग्रह गरेका हुन्।
कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेकाले स्वास्थ्य मापदण्ड पालना गर्न र अरूलाई अवरोध नपुग्ने गरी होली मनाउन देउवाले आग्रह गरेका हुन्। साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन्।
फाल्गुण शुक्ल पूर्णिमाको दिन आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदै छ। भोलि तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ । होलीको अवसरमा आज हिमाली र पहाडी जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved