युक्रेनबाट ५३३ जना नेपालीको उद्धार गरियो : परराष्ट्रमन्त्री खड्का

मन्त्री खड्काका अनुसार युक्रेनी भूमिबाट उद्धार गरिएकामध्ये ४२७ जनालाई पोल्याण्डमा राखिएको छ।

नेपालभ्युज

युक्रेनबाट ५३३ जना नेपालीको उद्धार गरियो : परराष्ट्रमन्त्री खड्का
फाइल तस्वीर

काठमाडौं। युक्रेनमा रहेका ५३३ नेपाली उक्त भूमिबाट बाहिरिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनमा रूसको आक्रमण शुरु भएयता ५३३ नेपालीले युक्रेन छाडेका हुन्।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले ५३३ जना नेपालीको युक्रेनबाट सुरक्षित रुपमा उद्धार गरिएको बताए। भारतीय उद्धार टोलीसँगको सहकार्यमा नेपालीहरुको उद्धार गरिउको उनले बताए।

मन्त्री खड्काका अनुसार युक्रेनी भूमिबाट उद्धार गरिएकामध्ये ४२७ जनालाई पोल्याण्डमा राखिएको छ। बाँकी अन्यलाई विभिन्न देशमा पठाइएको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved