कर्णालीका दुई उदाहरणीय वडाध्यक्षः सरकारी सुविधा जनतालाई नै फिर्ता गरे

कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-५ का वडाध्यक्ष नरेश बम र मुगु जिल्ला छायानाथ रारा नगरपालिका-४ का वडा अध्यक्ष विष्णुकुमार भाम दुवै नेपाली कांग्रेबाट विजयी भएका हुन्। बम भाम दुवै ३० वर्षभन्दा कम उमेरका छन्।

कर्णालीका दुई उदाहरणीय वडाध्यक्षः सरकारी सुविधा जनतालाई नै फिर्ता गरे

सर्खेत। कर्णाली प्रदेशका दुई वडाध्यक्षले सरकारबाट आफूले पाएको सेवा सुविधा समाजमा नै खर्चेका छन्।

कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-५ का वडाध्यक्ष नरेश बम र मुगु जिल्ला छायानाथ रारा नगरपालिका-४ का वडा अध्यक्ष विष्णुकुमार भाम दुवै नेपाली कांग्रेबाट विजयी भएका हुन्। बम भाम दुवै ३० वर्षभन्दा कम उमेरका छन्।

आफ्नो सेवा सुविधाबाट एम्बुलेन्स किने बमले

बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरीद गरेका छन्। आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधा जनतालाई फिर्ता गर्ने बाचा गरेको बताए। ‍

जनताको जनजीवनसँग जोडिएको मानव स्वास्थ्यलाई मध्यनजर गरेर सेवा दिने उद्देश्यले आफ्नो पाँच वर्षको पारिश्रमिकले एम्बुलेन्स खरिद गरेको अध्यक्ष बमले जानकारी दिए। “अब उक्त एम्बुलेन्सले जिल्लाभरिका बिरामीलाई आवश्यकताअनुसार सेवा दिने छ,” उनले भने, “एम्बुलेन्सले एकल महिला, अति गरिब, वृद्धवृद्धाहरूलाई निःशुल्क सेवा दिने लक्ष्य राखेका छौं।”

आफ्नो सेवा सुविधाबाट खरीद गरिएको एम्बुलेन्स कर्णाली सेवा समाजद्वारा सञ्चालन हुने अध्यक्ष बमले जानकारी दिए।

त्यस्तै, बमले आफूले पाएको सेवाबाट वडामा निःशुल्क नुन डिपो पनि सञ्चालन गरेको बताए। सानो सानो रकमले पनि नागरिकको चुलो बल्ने भएकाले सानो रकमले पनि धेरै काम गर्न सकिने उनको विश्वास।

भामले आफूले पाएको साढे ११ लाख रुपैयाँ असहायललाई बाँडे

मुगुका वडा अध्यक्षले भामले आफ्नो पाँच वर्षे कार्यकालमा सकिनै लाग्दा गत शुक्रबार आफूले सरकारी सेवाबाट पाएको रकम नागरिकलाई खर्च गरिएको जानकारी दिए। शुक्रबार पत्रकार सम्मेलन नै गरेर उनले‍ आफूले उक्त खर्च जनसेवामुखी कामहरूमा खर्च गरिएको बताए।

वडाध्यक्ष पद सम्हालेदेखि हालसम्म नगर सभा बैठक भत्ता ७० हजार, मासिक तलब ३१ महिनाको प्रतिमहीना २२ हजारका दरले ६ लाख ८२ हजार, वडा कार्यालय बैठक भत्ता ६० हजार, नगर कार्यपालिका बैठक भत्ता ९० हजार ५२५, दैनिक भ्रमण भत्ताबाट ७५ हजार, विभिन्न कार्यालयका बैठक, गोष्ठी, तालिमबाट प्राप्त १ लाख ७५ हजार गरी कूल ११ लाख ५२ हजार ५२५ नगद आफूले पाएको उनले बताए।

उक्त रकमबाट आफूले छायानाथ रारा नगरपालिका वडा नं १ देखि १४ का विभिन्न बस्तीमा रहेका असहाय, गरीब, दलित, विपन्न व्यक्ति तथा परिवारहरूलाई विभिन्न राहत सामान सहयोग गरेको बताए।

व्यक्ति तथा घर परिवारलाई मात्र नभएर अध्यक्ष भामले आफूले पाएको सेवा सुविधाबाट विभिन्न खोलाहरूमा काठे पुल, सार्वजनिक शौचालय, विद्यालयहरूलाई शैक्षिक सामग्री, बाटो, धाराहरू पनि निर्माण गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved