दुई दिनकी सुत्केरीसहित ललितपुरमा एकै परिवारका पाँच जनाको शंकास्पद मृत्यु

नेपालभ्युज

दुई दिनकी सुत्केरीसहित ललितपुरमा एकै परिवारका पाँच जनाको शंकास्पद मृत्यु

काठमाडौं। ललितपुरमा सोमबार दुई दिने सुत्केरीसहित एकै परिवारका पाँच जनाको शंकास्पद मृत्यु भएको छ।

कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा चार जना मृत फेला परेका हुन् भने एकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले बताए।

एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थिए। स्थानीयले प्रहरीले खबर गरेपछि घरमुली शुभ स्याङतान र नवजात शिशुलाई अस्पताल लगेको थियो। उपचारका क्रममा शिशुको मृत्यु भएकोमा घरमुली शुभको उपचार भइरहेको एसएसपी कुँवरले जानकारी दिए।

घटनास्थलमा विषको जस्तो बट्टा भेटिएकोमा घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved