युक्रेनका दुई शहरमा रूसको सात घण्टाका लागि युद्धविराम

यस अवधिमा स्थानीय समयअनुसार बिहान  ११ बजेदेखि मानव उद्धार शुरु गरिएको जनाइएको छ।

नेपालभ्युज

युक्रेनका दुई शहरमा रूसको सात घण्टाका लागि युद्धविराम

एजेन्सी। युक्रेनका दुई शहरमा रूसले सात घण्टाका लागि युद्धविराम गरेको छ। रूसले मारिउपल  क्षेत्र घेराउ गरी निरन्तर गोली चलाएको फुटेज बाहिरिएको थियो।

रुसले उक्त मारिउपल र पश्चिममा जापोरेझिया शहरमा मानवीय उद्धारका लागि अस्थायी युद्धविराम गरेको हो। स्थानीय समयअनुसार ९ बजेदेखि १६ बजे (नेपाली दिउँसो १२:४५ देखि साँझ ७:४५) सम्म अस्थायी युद्धविराम लगाएको हो।

यस अवधिमा स्थानीय समयअनुसार बिहान  ११ बजेदेखि मानव उद्धार शुरु गरिएको जनाइएको छ। यस समयमा मानवीय कोरिडोर मारिउपोलबाट पश्चिममा जापोरिझिया शहरसम्म खोलिएको छ। शहरका तीनओटा बेसबाट बस चलाएको छ। यसका साथै निजी सवारीसाधनलाई पनि यो बाटोबाट जान दिइएको बताइएको छ।

यस अवसरको सदुपयोग गर्न चालकहरूले आफ्ना सवारी साधनको हरेक कुना प्रयोग गरी यहाँबाट मानिसहरूलाई बाहिर निकाल्नुपर्ने नगर प्रशासनले जनाएको छ।

सहमति भएको रुटबाहिर यात्रा गर्न कडाइका साथ निषेध गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved