पर धकेलियो नेपाली कांग्रेसको चुनावी अभियान

सरकारले आगामी ३० वैशाखमा घोषणा गरेको स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर कांगेस कार्यसम्पादन समितिले घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

नेपालभ्युज

पर धकेलियो नेपाली कांग्रेसको चुनावी अभियान

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले २० फागुनदेखि स्थानीय तहकेन्द्रित भएर शुरु गर्ने भनिएको चुनावी अभियान केही पर सर्ने भएको छ ।

पार्टीका शीर्ष नेताहरु राष्ट्रिय राजनीतिमा केन्द्रित भएपछि तयार नपुगेको भन्दै कांग्रेसले २० फागुनदेखि शुरु गर्ने भनिएको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु हुन सक्ने कांग्रेसले जनाएको छ ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार कांग्रेस कार्यसम्पादन समिति बैठकले निर्णय गरेअनुसार २० फागुनमै सो कार्यक्रम शुरु पर्दथ्यो। तर, सोहीअनुसार हुन नसकेको भन्दै चाँडै उक्त अभियान सञ्चालन गर्ने गरी तयारी भइरहेको उनले बताए ।

“बढीमा दुुई हप्ता भित्रै उक्त अभियान सञ्चालन गर्ने गरी तयारी भइरहेको छ,” पाण्डेले भने ।

सरकारले आगामी ३० वैशाखमा घोषणा गरेको स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर कांगेस कार्यसम्पादन समितिले घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved