रुस र युक्रेन दोस्रो चरणको वार्तामा जुट्दै

आक्रमणकाे एकसातापछि बेलारुसको बेलोभेज्स्काया पुस्चा रुस र युक्रेन दोस्रो चरणको वार्तामा जुट्दैछन्।

नेपालभ्युज

रुस र युक्रेन दोस्रो चरणको वार्तामा जुट्दै

काठमाडौं। आक्रमणकाे एकसातापछि बेलारुसको बेलोभेज्स्काया पुस्चा रुस र युक्रेन दोस्रो चरणको वार्तामा जुट्दैछन्। विश्वका धेरै देशले रुसले युक्रेन माथि गरेको आक्रमणको विरोध गरिरहँदा युक्रेनको प्रतिनिधिमण्डल रुससँगको दोस्रो चरणको वार्ताका लागि प्रस्थान गरेको रोयटर्सले जनाएको छ। तर, आ–आफ्नै अडानका कारण दोस्रो चरणको वार्ता सकारात्मक हुने सम्भावना कम छ।

रुसले गएको बिहीबारदेखि युक्रेनमा आक्रमण शुरु गरेको हो। तर, आक्रमण रोकिएको छैन। युक्रेनका मुख्य सहरमा आक्रमणका घटना भइरहेका छन्। आक्रमण शुरु भएको पाँचौँ दिन पहिलो चरणमा वार्ता भए पनि सहमति हुन सकेन। युक्रेनले रुसले युद्ध रोक्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नुपर्ने अडान राख्दै आएको छ।

युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved