झलनाथ खनालले प्रतिनिधिसभामा भने, ‘यथास्थितिमा नो एमसीसी’ (भिडिओ)

एमसीसी नेपालको स्वाभिमानलाई तल पार्ने गरी शर्त नै शर्तले बाँधिएकाले ती शर्त मान्य नहुने उनले बताए।

नेपालभ्युज

झलनाथ खनालले प्रतिनिधिसभामा भने, ‘यथास्थितिमा नो एमसीसी’ (भिडिओ)
फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताएका छन्। प्रतिनिधिसभा बैठकमा एमसीसीबारे शुरु भएको छलफलमा उनले दुवै देशको सार्वभौमसत्तालाई समान बनाएर मात्रै एमसीसी सहयोग लिनुपर्ने बताए।

एमसीसीका विभिन्न प्रावधानमा पटकपटक अमेरिकाको राष्ट्रिय स्वार्थ लादिएकोकाले त्यो मान्य नहुने अडान उनको भनाइ थियो। एमसीसी नेपालको स्वाभिमानलाई तल पार्ने गरी शर्त नै शर्तले बाँधिएकाले ती शर्त मान्य नहुने उनले बताए।

नेपालको स्वाभिमानलाई सम्मान गरेर नेपाली जनतालाई सहयोग गर्ने सम्झौतालाई स्वीकार गर्ने उनले बताए। “हामीसँग थुप्रै प्रोजेक्ट छन् हामी एक खर्ब पनि लिन्छौं। तर विभिन्न बुँदा राखेर दिएको एक पैसा पनि हामीलाई चाहिँदैन। हामी आफ्नै बुद्धिले विकास गर्दै आइरहेका छौं,” नेता खनालले भने।

उनले एमसीसीजस्तो महत्वपूर्ण विषय छलफल गर्दा शान्त वातावरण हुनुपर्ने उनले बताए। सभामुखलाई अब्बल नेता मान्दै उनले सिंगो नेपालीले उनको कार्य हेरिरहेको भन्दै कसरी हेरिरहनुभएको छ भन्दै प्रश्न गरे।

बिरामीका कारण रोष्ट्रममा आउन नसकेको भन्दै नेता खनालले एमसीसीविरद्ध सडकमा जनताले नारा लगाइरहेका जानकारी गराए। एमसीसीविरुद्ध प्रशासनले लाठी प्रहार गरेका र रगत बगाइरहेका भन्दै यो अत्यन्तै कठोरपूरण दमन भएको भन्दै यसको निन्दा गरे।

“आज देशमा चिन्ता देखिएको र देशप्रति घात हुने हो कि भनेर आम जनता चिन्तित भइराखेका छन् सभामुख महोदय,” उनले भने, “देशको चिन्ता गर्नेहरूले सडक सदनबाट आवान उठाउन सकिन्छ। जहाँबाट पनि आवाज उठाउन सकिन्छ। यो आवाज सदनले सुन्नपर्ने हुन्छ।”

नेता खनालले सन् २०१७ देखिको एमसीसीसँग भएका सम्झौताहरू रहेका भन्दै ती दस्तावेजहरू नल्याइकन छलफल हुन नसक्ने बताए। सांसदहरूलाई सम्बोधन गर्दै कुनै पनि सन्धि सम्झौता गर्दा ती सबै अध्ययन गर्न पाउनुपर्ने माग गरे।

एमसीसीसँग जोडिएका सबै दस्तावेज संसदमा ल्याउन उनले सभामुखसँग माग गरे। “ती सबै सदनले हेर्न पाउनुपर्न।”आफ्नो पालामा एमसीसीसँग सम्बन्धित कुनै पनि सम्झौता नभएको भन्दै पूर्वप्रधानमन्त्रीसमे रहेका खनालले अमेरिकासँग पनि सहयोग राख्ने बताए।

युरोपियन राष्ट्रहरूलाई सयौं वर्षसम्म अमेरिकाजस्ता देशले चुसेका भन्दै सचेत रहन उनले आग्रह गरे। एशियामा चीन भारतजस्ता देश उदय भएका भन्दै संसारको शक्ति सन्तुलन भइरहेको भन्दै नेता खनालले विकशित देशहरूले दिने सहयोग आफूहरूको हक भएको बताए।

अमेरिकाको पचास करोड नेपालको हक भएको भन्दै दुवै देशको सार्वभौमसत्तालाई समान बनाएर पाउनुपर्ने उनले बताए। कुनै पनि देशको सुरक्षा छाता भने ‍ओढ्न नसकिने खनालले बताए। कुनै पनि नेपालीलाई यो मान्य नहुने उनले बताए।

आफू प्रधानमन्त्री हुँदा एमसीसीबारे कुनै सम्झौता नगरेको दाबी गर्दै उनले त्यो बेला यस परियोजनामा केही काम नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved