बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा शव फेला परेको छ।

नेपालभ्युज

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
फाइल तस्वीर

बर्दिया। बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो।

मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved