कोरोना महामारीमा साढे ४ अर्ब बढीको मदिरा आयात

नेपालभ्युज

कोरोना महामारीमा साढे ४ अर्ब बढीको मदिरा आयात
सांकेतिक तस्वीर।

काठमाडौं। नेपालमा कोरोना महामारी आएपछि झण्डै साढे चार अर्बको तयारी मदिरा आयात भएको छ। चालू आर्थिक वर्षको ६ महीना र गत आर्थिक वर्षभरिमा नेपालमा सो मात्रामा तयारी मदिरा आयात भएको हो। यसबाहेक स्वदेशमै उत्पादित मदिराको खपत अत्यधिक बढेको व्यवसायीहरू बताउँछन्।

चालू आर्थिक वर्षका पहिलो ६ महीनामा नेपालमा साढे एक अर्बभन्दा बढी रुपैयाँको रक्सी आयात भएको छ। आर्थिक वर्ष साउनदेखि पुषसम्ममा विभिन्न देशबाट ३ अर्ब २८ करोड ३५ लाख ६९ हजार लिटर विदेशी तयारी मदिरा आयात भएको हो। सो मदिराको भन्सार मूल्य १ अर्ब ७१ करोड ५१ लाख ४ हजार रुपैयाँ छ भने २ अर्ब ६७ करोड २४ लाख ७ हजार रुपैयाँ राजश्व संकलन भएको छ।

चालू वर्षमा गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा तयारी मदिरा आयातमा वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ७३ करोड ९९ लाख ९६ हजार लिटर तयारी मदिरा विभिन्न देशबाट आयात भएको थियो। सो मदिराको भन्सार मूल्य १ अर्ब ९ लाख २६ हजार रुपैयाँ थियो भने १ अर्ब २५ करोड २१ लख १८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो।

गत आर्थिक वर्ष २०७७/०७८ वर्षभरिमा विभिन्न देशबाट ६ अर्ब १५ करोड ६३ लाख ३८ हजार ३१ लिटर तयारी मदिरा आयात भएको थियो। सो मदिराको भन्सार मूल्य २ अर्ब ६५ करोड ७ लाख १० हजार ७१ रुपैयाँ थियो भने ३ अर्ब ८८ करोड १५ लाख ७४ हजार १६ रुपैयाँ राजश्व भएको थियो।

यी तथ्यांक केलाउँदा चालू आर्थिक वर्षको पहिलो ६ महीना र गत आर्थिक वर्षमा गरी ९ अर्ब ४३ करोड ९९ लाख ७ हजार लिटर मदिरा आयात भएको हो। सो मदिराको भन्सार मूल्य ४ अर्ब ३६ करोड ५८ लाख १४ हजार ७१ रुपैयाँ हुन्छ।

पछिल्ला वर्षहरूमा विदेशबाट तयारी मदिरा आयात गर्ने क्रम बढे पनि कोरोना महामारीको समयमा भने नेपालमा आयातित मदिराको खपत घटेको तथ्यांकले देखाउँछ।
यस्तै अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ८ अर्ब ७२ लाख ७२ हजार ३ लिटर तयारी मदिरा आयात भएको थियो। त्यसको भन्सार मूल्य ३ अर्ब ३ करोड ३४ लाख ७४ हजार रुपैयाँ थियो भने ४ अर्ब ४० करोड ९३ लाख २५ हजार राजश्व संकलन भएको थियो।

नेपाली बजारमा मदिरा उत्पादन बढेपछि तयारी मदिराको माग बढेपछि यस्तो मदिराको आयात घटेको व्यवसायी कृष्ण नेपाल बताउँछन्। मदिरा व्यवसायी महासंघका पूर्व अध्यक्ष नेपालले कोरोना महामारमिा मदिराको खपत बढे पनि स्वदेशी मदिरा उपभोग बढेको बताए। उनले भने, “कोरोनाका बीचमा तयारी मदिरा आयात घटेको छ। यसको अर्थ खपत घटेको होयन। अहिले मदिरा खानेहरू बरू बढेका छन्। तर, स्वदेशी मदिराको खपत बढेको हो।”

आयातित मदिरा बाहेक नेपाली मदिरा बजार वार्षिक २ खर्बभन्दा बढीको रहेको बताइन्छ। मदिरा उद्योगले करीब २० प्रतिशत राजस्वको हिस्सा ओगटेको छ। नेपालमा स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायत देशबाट रक्सी आयात हुने गरेको छ।

आयातित रक्सी निकै महँगोदेखि सस्तो नेपाली बजारमा पाइन्छन्। मदिराका सौखिन तथा सम्भ्रान्त बर्गका नेपालमा ब्राण्डेड र महँगो रक्सी उत्पादन हुन थालेको व्यवसायीहरू बताउँछन्। नेपालमा ३५ रुपैयाँदेखि ५ लाखसम्मको रक्सी पाइन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved