बागमती प्रदेशसभाको बैठक १६ फागुनमा बस्ने

बागमती प्रदेशसभाको बैठक १६ फागुनमा बस्ने
फाइल तस्वीर

काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको सर्वसदीय बैठकले यही फागनु १६ गते अपराह्न १ बजे प्रदेशसभाको नवौँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ। प्रदेशसभाको बैठकअघि फागुन १५ गते अपराह्न १ बजेको लागि कार्यपरामर्श समितिको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

उनका अनुसार कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभाको बैठकका लागि कार्यसूचीमा विभिन्न विषय समावेश गर्ने तयारी भइरहेको छ। गठबन्धन सरकारले सिफारिस गरेअनुसार प्रदेशसभाका सभामुख श्रेष्ठले आजै सर्वदलीय बैठकको आह्वान गरेका थिए।

सर्वदीय बैठकमा सत्तारूढ गठबन्धन दलका साथै प्रमुख प्रतिपक्ष नेकपा ९एमाले० संसदीय दलका नेतालगायत अन्य साना दलको प्रतिनिधित्व रहेको प्रदेशसभाका प्रमुख सचिव खड्काले उल्लेख गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved