बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्रले लिए शपथ

नेपालभ्युज

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्रले लिए शपथ

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन्।

त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो। संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन्।

उनीसँगै भारत र अमेरिकाका लागि राजदूत सिफारिस भएका डा. शंकर शर्मा र प्राध्यापक श्रीधर खत्रीको भने राजदूत नियुक्त हुन बाँकी रहेको छ। कांग्रेस कोटाबाट राजदूतमा सिफारिस भएका तीनै जानको संसदीय सुनुवाई एकै दिन भएको थियो। आचार्य राजदूत नियुक्त हुँदा शर्मा र खत्री राजदूत नियुक्त हुन बाँकी रहेका छन्।

त्यस्तै आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका तीन शिर्ष नेता प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजदूत सिफारिस गर्न बाँकी रहेका २० देशमा छिट्टै राजदूत सिफारिस गर्ने निर्णय गरेका छन्।

५ असोजमा सरकारले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत नियुक्त गरेका राजदूतलाई स्वदेश फर्किन निर्देशन दिएसँगै चीन, अष्ट्रेलिया लगायतका देश राजदूतविहीन भएका छन्। माओवादी अध्यक्ष दाहालका सचिवालय सदस्यले तीन नेताबीच राजदूत नियुक्त छिट्टै गर्ने विषयमा सहमति भएको बताएका छन्।

सिफारिस हुन बाँकी २० देशका राजदूत मध्ये १३ जना राजनीतिक आधारमा सिफारिस गर्ने र ७ जना परराष्ट्र मन्त्रालयबाट सिफारिस गर्ने तयारी हुँदैछ। चीन, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिाका, म्यान्मार, दक्षिण कोरिाया, ब्राजिल, इजिप्ट, साउदी अरेबिया, अष्ट्रेलिया, श्रीलंका, बहराइन, इजरायल, डेनमार्क, रुस र अष्ट्रिया लगायतका देशमा राजदूत सिफारिस हुन बाँकी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved