‘वेलकम एमसीसी’ भन्दै काठमाडौंमा निस्कियो स्वतन्त्र नागरिक समाजको र्‍याली

नेपालभ्युज

‘वेलकम एमसीसी’ भन्दै काठमाडौंमा निस्कियो स्वतन्त्र नागरिक समाजको र्‍याली

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ। स्वतन्त्र नागरिक समाजको आयोजनामा आज अनामनगरबाट सुरु भएको मोटरसाइकल र्यालीले माइतीघर मण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो।

एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र्यालीका सहभागीहरूको धारणाा छ। विकासमा राजनीति नगर्न माग गर्दै र्यालीका सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए।

सरकारले आज संसद्मा एमसीसी अनुमोदनका लागि संसद्मा पेश गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज राजधानीको यातायात सेवा केहि प्रभावित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved