शेयर बजार राताम्मे

नेपालभ्युज

शेयर बजार राताम्मे

काठमाडौं। साताको चौथो कारोबार दिन शेयर बजारमा पहिरो गएको छ। आज १३ ‌ओटै उपसमूहको नेप्से परिसूचक ओरालो लागेको छ।

जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ भने अन्य उपसमूहको सूचक शून्य प्रतिशत भन्दा माथिले घटेको नेप्सेले जनाएको छ।

आज नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर शेयर बजार दुई हजार ८१३ दशमलव ४७ अंकमा पुगेर बन्द भएको छ। मंगलबार १६ दशमलव ३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको हो।

आज नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आए पनि लिबर्टी इनर्जी र आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य बढेको छ। तर यता बुद्धभूमि नेपाल हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य घटेको छ। कारोबार रकमका आधारमा १८ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। नेपाल टेलिकम, नेशनल हाइड्रोपावरको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बुधबार कारोबारमा पनि गिरावट आएको छ। कुल दुई सय २२ कम्पनीको मात्रै ३ अर्ब ४७ करोड रुपैयाँको  ६५ लाख २० हजार शेयर खरीदबिक्री भएको छ। मंगलबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरीदबिक्री भएको थियो।

सरकारले स्थानीय तहको चुनावको मिति घोषणा भएपछि शेयर बजार बढ्ने उत्साह लगानीकर्ता देखिएकोमा तर त्यसको प्रभाव बजारमा नदेखिएपछि लगानीकर्ताहरूमाझ अन्यौलता देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved