पार्टीभित्र कोही साथीहरू पनि असन्तुष्ट छैनन् : राजेन्द्र लिङ्देन

नेपालभ्युज

पार्टीभित्र कोही साथीहरू पनि असन्तुष्ट छैनन् : राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन्।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधानबमोजिम मनोनयन गरेका पदाधिकारीलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताए।

निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्‍याउने बताए। पार्टीको कार्यकर्ता र शुभेच्छुकहरूलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उनले बताए। भने “अहिले कोही पनि सदस्य साथीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन। निवर्तमान अध्यक्षजीसँग केही विषयहरू छन्, त्यस विषयमा हामी छलफलमा छौँ। र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पुर्‍याउँछौं र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई हामी निराश बनाउँदैनौं। चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ।”

अध्यक्ष लिङ्देनले आइतबार मनोनित गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा स्वागत गरेका हुन्। मनोनित २४ जना पदाधिकारीमध्ये केही पदाधिकारी भने उपत्यकाबाहिर भएकाले उनीहरूले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved