सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट संघको नयाँ नेतृत्व

नेपालभ्युज

सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट संघको नयाँ नेतृत्व

बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट संघको अधिवेशन सम्पन्न भएको छ। हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ।

अधिवेशनले बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पवीन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार अधिवेशन सम्पन्न सबै जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो। नयाँ कार्यसमितिको कार्यकाल आगामी चार वर्षका लागि हुने बताइएको छ। नेपाल क्रिकेट संघ क्यानमा आबद्ध यस प्रदेशका कैलाली, डोटी र दार्चुलामा अर्को वर्ष अधिवेशन हुनेछ।

नेपाल क्रिकेट संघमा देशभरिबाट ३५ जिल्ला आबद्ध रहेको र तीमध्ये २० जिल्लाको म्याद सकिएकाले नयाँ नेतृत्व चयन गरेको तथा बाँकी १५ जिल्लामा अर्को वर्ष अधिवेशन हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved