पिसिआर शुल्क घट्यो, सरकारीमा ८ सय, निजी अस्पतालमा १५ सयभन्दा धेरै लिन नपाइने

नेपालभ्युज

पिसिआर शुल्क घट्यो, सरकारीमा ८ सय, निजी अस्पतालमा १५ सयभन्दा धेरै लिन नपाइने
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ। अब, सरकारी अस्पतालमा पिसिआर गर्दा ८ सय रुपैयाँभन्दा बढी लिन पाइने छैन। त्यसैगरी, निजी अस्पताल र ल्याबले १५ सय रुपैयाँभन्दा बढी लिन पाउने छैनन्।
यसअघि सरकारी अस्पतालमा पिसिआर गर्दा १ हजार रुपैयाँ तिर्नुपर्ने थियो। त्यस्तै निजी अस्पताल र ल्याबले २ हजार रुपैयाँ लिदैं आएका थिए।
सरकारी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीले भने निशुल्क पिसिआर परीक्षण गर्न पाउने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिएका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved