ब्राउन सुगरसहित वडाअध्यक्ष पक्राउ

नेपालभ्युज

ब्राउन सुगरसहित वडाअध्यक्ष पक्राउ

बुटवल। बाँकेको एक गाउँपालिकामा जनप्रतिनिधि नै लागुऔषध प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेका छन्।

जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामचरण थारूलाई प्रहरीले ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले सोमबार वडाअध्यक्षसहित ४ जनालाई पक्राउ गरिएको जानकारी दिए। यसअघि पनि वडाअध्यक्षविरुद्ध थुप्रैपटक यसबारेमा गुनाशो आएकोमा सोमबार लागुऔषधसहित पक्राउ गरिएको उनले बताए।

यस विषयमा थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved