भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु

नेपालभ्युज

भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु

बुटवल। रुपन्देहीको सिद्धार्थनगरस्थित बुद्धचोकमा शुक्रबार भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

बिहान ११ बजेतिर बुद्धचोकमा लु१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्साका ४१ वर्षीया जीवराज बस्यालको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए।

बाटो क्रस गर्नेबेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो। ठक्कर दिएको ट्रकले केही दूरी घिसारेपछि उनको मृत्यु भएको हो। दुर्घटनापछि ट्रकले मोटरसाइकललाई करिब २ सय मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताए।

बुद्धचोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनीको नजिक ल्याएको थियो। दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ। ट्रकको सिसा फुटेको छ। घटनास्थलमा आएको प्रहरीले ट्रकमा थप क्षति हुनबाट जोगाएको थियो। ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved