वडासदस्यले आफूले पाएको पारिश्रमिकबाट गरे अक्षयकोष स्थापना

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचित नारायणप्रसाद उपाध्यायले आफ्नो आमा स्वर्गीय सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका हुन्।

नेपालभ्युज

वडासदस्यले आफूले पाएको पारिश्रमिकबाट गरे अक्षयकोष स्थापना

भैरहवा। रुपन्देहीका एक वडा सदस्यले आफूले पाएको पारिश्रमिकवापतको रकमबाट अक्षयकोष स्थापना गरेका छन्। सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचित नारायणप्रसाद उपाध्यायले आफ्नो आमा स्वर्गीय सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित उपाध्यायले पाँच वर्षे कार्यकालको तलब, भत्तावापत हुने ५ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजको रकम सिद्धार्थनगर वडा नम्बर ३ मा स्थायी बसोबास गर्ने विपन्न परिवारलाई सहयोग गर्ने उपाध्यायले बताए।

‘‘अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजले आर्थिक अवस्था कमजोर भएका वडावासीलाई केही भए पनि सहयोग गर्ने उद्देश्यले स्व. आमाको नामबाट अक्षयकोष स्थापना गरेको छु, ’’ उनले भने। ब्याजको रकमले उपचार, क्रिया खर्चलगायतका कार्यमा सदुपयोग गरिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved