इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता

नेपालभ्युज

इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता

काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैंलाई लक्ष्य गरी शुरु गरेको दशैं स्किम ‘रेस फर द एस’ को विजेता विजेता घोषणा गरेको छ।

इटहरी निवासी इन्द्र नारायण चोङबाङ विजयी भएका छन्। १५ भदौबाट शुरु यस स्किम १४ मंसीरसम्म भएको थियो।

९ सातासम्म चलेको यस स्किमको अवधिभर यामाहाको जुनै बाइकको खरिदामा पनि ग्राहकलाई आठ हजारदेखि एक लाख रुपैयाँसम्मको तत्काल छुट दिइएको थियो। त्यसैगरी स्किम अवधिभर मोटरसाइकल खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो।

प्रत्येक साताका एस कार्ड विजेताहरूलाई ४ तोला सुन र बम्पर बिजेतालाई १२ तोला सुन पुरस्कारस्वरूप प्रदान गरिएको थियो।

नेपालभरिबाट लक्की ड्रमार्फत विजेताहरू छनोट गरिएको थियो। यस स्किमका बम्पर विजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरीद गरेका थिए।

यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्कीमहरूलाई निरन्तरता दिइराख्ने एमएडब्लु इन्टरप्राईजका लागि कार्यकारी अधिकृत राजु क्षत्रीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved