पोखरामा क्लब च्याम्पियनसिप महिला-पूरूष राष्ट्रिय भलिबलको तयारी

नेपालभ्युज

पोखरामा क्लब च्याम्पियनसिप महिला-पूरूष राष्ट्रिय भलिबलको तयारी

काठमाडौं। पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक टाइगर ग्रुप पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हो।

यही पुस २६ देखि आगामी माघ १ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आयोजना गरिएको प्रतियोगिताको सहभागी टोली आउन सुरु भएको र तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी गराइयो।
प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबलको विकाससँगै आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय भलिबल केन्द्रका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ। प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच÷पाँच टोलीको सहभागिता रहने टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताए।

प्रतियोगितामा महिलातर्फ विभागीय टोलीहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको टोली सहभागी हुनेछन्। पूरुषतर्फ विभागीय टोलीहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लबको एपिएफ क्लबसहित टिपटप हेल्पलाइन स्पोर्टस क्लब र गण्डकी प्रदेश टोलीको सहभागिता रहने जनाइएको छ।

अध्यक्ष शर्माका अनुसार ‘राउन्ड रोविन लिग’का आधारमा प्रतियोगिता सञ्चालन हुनेछ। विजेतालाई दिइने पुरस्कार राशिमा अघिल्लो संस्करणमा भन्दा दोब्बरले वृद्धि गरिएको प्रतियोगिताका प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेतालाई ट्रफीसहित रु तीन÷तीन लाख, उपविजेता महिला तथा पुरुष टोलीलाई समान रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, तृतीय हुने टोलीलाई समान रु ७५÷७५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने महिला÷पुरुष दुवै टोलीलाई समान रु २५÷२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

यसैगरी, हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १० हजारका दरले पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा आयोजकका तर्फबाट सहभागी महिला टोलीको नेतृत्व नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा शाहीले गर्नेछिन्। सो टोलीमा श्रीलङ्काको महिला भलिबल टोलीका क्याप्टेनसहित तीनजना खेलाडीहरुको सहभागिता रहने प्रचार संयोजक ज्ञवालीले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार दिउँसो १ बजे पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लब आमनेसामने हुने प्रतियोगिता संयोजक शिव श्रेष्ठले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved