मुलुकलाई कांग्रेस र कम्युनिस्टको पञ्जाबाट मुक्त गरौं : लिङ्देन

नेपालभ्युज

मुलुकलाई कांग्रेस र कम्युनिस्टको पञ्जाबाट मुक्त गरौं : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन/ फाइल तस्वीर

धनगढी।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्न जनतालाई आग्रह गरेका छन्। बिहीबार धनगढीमा आयोजित पार्टीको प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

‘‘अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बदला लिने मौका आउँछ’’, उनले भने, ‘‘निर्वाचनमा कांग्रेस र कम्युनिस्टको विकल्प खोजौं। यिनीहरूको पञ्जाबाट मुलुकलाई मुक्त गरौँ।’’

अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको बताए। उनले राजसंस्था र हिन्दूराष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गरे। उनले भने, ‘‘हामीले देशको लागि राजतन्त्र र हिन्दूराष्ट्रको कुरा उठाएको हो भोटको लागि होइन।’’

अहिलेका राजनीतिक दलले देश र लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved