धनुषामा बढ्यो धानको उत्पादन

“जिल्लामा धान खेतीका लागि उर्वर भूमि छ”, वागबानी अधिकृत यादवले भने, “सीमानाकासँग जोडिएकाले जिल्लामा मल अभाव हुने बित्तिकै लुकिछिपी भए पनि किसानले भारतबाट ल्याएर समयमै मल छर्छन्। त्यसैले उत्पादन पनि बढ्यो।”

धनुषामा बढ्यो धानको उत्पादन
फाइल तस्वीर

जनकपुरधाम। यस वर्ष धनुषामा धान उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षभन्दा चालु आर्थिक वर्षमा ११ हजार ४७० मेट्रिक टन बढी धान उत्पादन भएको छ।

केन्द्रका वागबानी अधिकृत प्रदीप कुमार यादवले जनाएअनुसार गत आव ०७७/०७८ मा ५९ हेक्टर जग्गामा १ लाख ७७ हजार ३३० मेट्रिक टन धान उत्पादन भएको थियो। चालु आर्थिक वर्षमा ५९ हजार हेक्टर जग्गामा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको छ।

वागबानी अधिकृत यादवले प्रदेश २ का आठवटै जिल्लामध्ये धनुषा जिल्लामा सबैभन्दा बढी धान उत्पादन भएको जनाए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा उत्पादन भएको धानको परिमाण पाँच वर्षयताकै सबैभन्दा कम हो।

तर, कृषि ज्ञान केन्द्र धनुषाको तथ्यांकले भने धानको उत्पादनमा कुनै कमी नभएको देखाउँछ। चालु आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ।

गत वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। धनुषामा यस वर्ष ७५ प्रतिशतभन्दा माथि सोना मन्सुली धान उत्पादन गरिएको छ भने बासमती तथा स्वर्णसब–१ र कतरनीसहितका प्रजाति धान उत्पादन गरिएको छ।

धान उत्पादनका लागि उत्तम स्थानको रुपमा रहेको धनुषा जिल्लामा धान काट्ने र थन्काउने समयमा आएको हावाहुरी तथा बाढीले पनि कम क्षति गरेको कारण धान उत्पादनमा खासै प्रभाव नपरेको बताइएको छ।

तथ्यांकअनुसार यसवर्ष प्रतिहेक्टर उत्पादन थोरै भए पनि समग्रमा बढी धान उत्पादन भएको छ। गत आवमा धनुषामा प्रतिहेक्टर ४ मेट्रिक टन धान उत्पादन भएको थियो। गतवर्ष चैते र असारे गरी जिल्लामा ५९ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो। यसवर्ष पनि सोही अनुपातको क्षेत्रफलमा धान खेती गरिएको छ।

धान थन्क्याउनुभन्दा केही समय अगाडि आएको हावाहुरी तथा लगातारको वर्षाले प्रदेश २ मात्र नभएर देशभरकै धानबालीमा क्षति पु¥याएको थियो। जसका कारण धनुषामा पनि धान उत्पादनमा ह्रास आउने अनुमान गरिए पनि जिल्लामा भएको धान उत्पादन प्रदेश २ भरमै अब्बल स्थानमा आएको छ।

प्रदेशको अन्य जिल्लाको तुलनामा धनुषामा सिँचाइको उपलब्धता तुलनात्मक रुपमा बढी भएको र समय पानी पनि परेको हुँदा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

“जिल्लामा धान खेतीका लागि उर्वर भूमि छ”, वागबानी अधिकृत यादवले भने, “सीमानाकासँग जोडिएकाले जिल्लामा मल अभाव हुने बित्तिकै लुकिछिपी भए पनि किसानले भारतबाट ल्याएर समयमै मल छर्छन्। त्यसैले उत्पादन पनि बढ्यो।”

धनुषामा कमला, नक्टाझिज र सिर्सिया गरी तीनवटा सिँचाइ आयोजना सञ्चालनमा रहेका छन्। “समय समयमा पानी परेकाले किराको प्रकोप पनि देखिएन, त्यसैले पनि धान उत्पादनमा वृद्धि भएको हो”, अधिकृत यादवले स्पष्ट पारे।

हावाहुरी तथा तीन दिनसम्म परेको लगातारको वर्षाले अन्य ठाउँमा के कति क्षति पुर्यायो थाहा नभए पनि धनुषामा त्यसले फाइदा नै गरेको धनुषा जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका किसान रामदेव यादवले बताए।

यादवले भने, “समय समयमा पानी परेको छ। पानी प्रशस्त भयो भने धान उत्पादनमा वृद्धि हुन्छ नै। गतवर्ष कठ्ठाको दुई मन उत्पादन गर्न धौधौ परेको थियो। यसवर्ष कठ्ठामा पाँच मनसम्म धान उत्पादन भएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved