फ्रान्समा कोभिडको नयाँ भेरिन्ट, ओमिक्रोनभन्दा बढी संक्रामक

नेपालभ्युज

फ्रान्समा कोभिडको नयाँ भेरिन्ट, ओमिक्रोनभन्दा बढी संक्रामक

एजेन्सी। फ्रान्समा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको छ। विश्वमा नै कोभिडको नयाँ भेरियन्ट आमिक्रोनको संक्रमण बढ्दै गर्दा फ्रान्समा आइएचयु नामको कोभिडको नयाँ भेरियन्ट पत्ता लागेको हो।

नयाँ पत्ता लागेको भेरियन्ट ओमिक्रोनको तुलनामा झनै संक्रामक रहेको बताइएको छ। फ्रान्समा ओमिक्रोनले धेरै मानिस संक्रमण भइरहेका छन्। यस्तै पोर्चुगल पनि ओमिक्रोनबाट प्रभावित देश हो भने बेलायतमा पनि ओमिक्रोनबाट प्रभावितको संख्या बढ्दै गएको छ।

फ्रान्सको सार्वजनिक स्वास्थ्य विभागले जनाएअनुसार परीक्षणका क्रममा ६२ दशमलव ४ प्रतिशत व्यक्तिमा ओमिक्रोन पुष्टि भएको छ।

पछिल्लो हप्ता फ्रान्समा दैनिक संक्रमितको संख्या एक लाख ६० हजार रहेको छ। यो आँकडा दुई लाखसम्म पनि पुगेको छ।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवर भेरानले संसद्मा बोल्दै ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा धेरै प्रभाव पार्ने देखिए पनि सरकार आत्तिने अवस्थामा नरहेको बताएका थिए।

ओमिक्रोनको संक्रमणबाट बाच्न फ्रान्सका संसद्हरुले भ्याक्सिन लगाउन जनतालाई प्रेरित गर्नुपर्ने बताएका छन्। भने सार्वजनिक स्थल जस्तै बार, रेष्टुरेन्ट र लामो दूरीको यात्राका गर्ने व्यक्तिलाई अनिवार्य भ्याक्सिन लगाउने वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्।

सांसद्हरुको यो सुझावलाई नियमकै रुपमा अघि बढाउने प्रयास भएको छ। यो सुझावलाई १५ जनवरीमा त्यहाँको संसद्को माथिल्लो सदनले पारित गर्ने अपेक्षा गरिएको छ।

फ्रान्समा १२ वर्षमाथिका करीब ५० लाख मानिसले हालसम्म पनि कोभिड भ्याक्सिनको एक डोज पनि प्रयोग गरेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved