भट्टराईको आशंका : निर्मला र नन्कुन्नीको हत्यामा कतै राज्यकै मिलेमतो त छैन ?

नेपालभ्युज

भट्टराईको आशंका : निर्मला र नन्कुन्नीको हत्यामा कतै राज्यकै मिलेमतो त छैन ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन्।

सोमबार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै ९ मंसीरदेखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकालाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गरे।

राज्य अपराधीको पक्षमा उभिनु र जनतालाई शान्ति सुरक्षा नदिनु गम्भीर गल्ती भएको भन्दै उनले अपराधीहरूविरुद्धमा जनमत सिर्जना गर्नुपर्ने बताए। उनले भने, “सरकार जसले शान्ति सुरक्षा कायम गर्ने, न्याय दिलाउने जिम्मेवारी राज्यको हो। त्यसले अहिले सम्म करिब १२ वर्ष भइसकेको बुझिन्छ यो घटना यतिबेलासम्म। यो घटनाको न्यायपूर्ण छानबिन भएर सत्यतथ्य बाहिर नआउनु, अपराधीलाई कारबाही नगर्नुको पछाडि राज्यकै मिलेमतोमा यो भइरहेको छ कि अथवा जो अपराधीहरू छन्, तिनीहरुले राज्यको आड पाएका छन् कि भन्ने शंका लाग्छ।”

विधवा महिला निर्मला कुर्मीको हत्या तथा ननकुन्नी धोबीको हत्या प्रकरणमा छानबिन समितिले पेश गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटोभन्दा छिटो शुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन्।

महिला अधिकारकर्मी रुबी खानले आफूहरू महिनौदेखि न्यायका लागि धर्ना बसेको भए पनि सरकार आफूहरूको मागमा संवेदनशील नभएको बताइन्। महिलालाई न्याय दिने सम्बन्धमा सरकार उदासीन रहेको उनले बतायन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved