सप्तरीमा ब्राउन सुगरसहित दुई भारतीय समातिए

नेपालभ्युज

सप्तरीमा ब्राउन सुगरसहित दुई भारतीय समातिए
सांकेतिक तस्वीर

काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिका-२ कञ्चनपुरबाट २२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय युवकलाई प्रहरीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत-४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जयप्रकाश पासवान रहेका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरूप नगरपालिका-२ कञ्चनपुरस्थित जाँच गर्ने क्रममा बीआर ५० आर २४९६ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए। पक्राउ गरिएका दुवैमाथि म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved