बलिउडमा डेब्यु गर्दैछन् शाहरुखका छोरा आर्यन ?

नेपालभ्युज

बलिउडमा डेब्यु गर्दैछन् शाहरुखका छोरा आर्यन ?

एजेन्सी। बलिउडका बादशाह शाहरूख खानले आफ्ना फ्यानहरू माझ छुट्टै पहिचान बनाएका छन्। उनका फ्यानहरू शाहरुखलाई एकपटक हेर्नका लागि घण्टौं कुरेर बस्छन्।

तर तिनै सेलिब्रेटी शाहरुखका लागि गएका २ महीना निकै पीडादायी भए। छोरा आर्यन खानलाई एनसीबीले अक्टोबर २०२१ को शुरुमा मुम्बईबाट गोवाको क्रूजमा लागुऔषधको बस्टमा समातेको थियो। स्टार किडमाथि लागुऔषध किनबेच गरेको आरोप लागे पनि पछि अनुसन्धानका क्रममा भने उक्त आरोप प्रमाणित भएन।

अन्तत: २८ दिनको हिरासत बसाइपछि उनी रिहा भए। मुम्बई हाई कोर्टबाट २८ अक्टोबरमा आर्यनले जमानत पाएपछि शाहरूख र पत्नी गौरीले राहतको सास फेरेका छन्। विवादित भएपछि आर्यनको बारेमा बलिउडमा एउटा नयाँ चर्चा शुरु भएको छ, कि शाहरुख अब आर्यनलाई बलिउडमा डेब्यु गराउँदैछन्।

के आर्यन बलिउडमा डेब्यु गर्दैछन् त ?

आर्यनले बलिउडमा डेब्यू गर्नका लागि केही चर्चित फिल्ममेकरसँग कुरा गरेका थिए। उनले विवादले केही असर गर्छ कि भनेर बुझेका थिए। आर्यनले आफ्नो जमानतको शर्तअनुसार राहदानी बुझाएकाले अब त्यस्तो हुने छैन। र यसले उनको फिल्म निर्माणलाई असर गर्दैन। आर्यन खानले सहरमै बसेर सबै तयारी शुरु गर्न सक्छन्। जसकारण आर्यनले फिल्ममा डेब्यु गर्ने तयारी गरेका छन्।

आर्यन अहिले फिल्म निर्माणबारे अध्ययन गरिरहेका छन्। फिल्ममा डेब्यु गर्नुअघि फिल्म निर्माण बुझ्नका लागि आर्यन एक प्रोडक्सन हाउससँग नजिक भएर काम गर्नेछन्। पछिल्ला दिनमा उनको वाईआरएफ स्टुडिओमा आवतजावत बाक्लो भएको देखिन्छ। यसबाहेक करण जौहरले पनि आर्यनलाई फिल्मका लागि प्रस्ताव गरेको चर्चा चलेको छ।

जसकारण यस्तो अवस्थामा आर्यनले कुनै पनि प्रोडक्सन हाउसमा आबद्ध भएर आफ्नो आगामी प्रोजेक्टमा काम गर्न सक्ने अपेक्षा गरिएको छ। यसबाहेक, आर्यनले आफ्ना बुवाको बहुप्रतिक्षित फिल्म ‘पठान’ का लागि पनि काम गरिरहेको चर्चा चलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved