पूर्ण अनलाइन प्रणालीमा सञ्चालन हुँदै वीरगञ्ज सुख्खा बन्दरगाह र आईसीपी

नेपालभ्युज

पूर्ण अनलाइन प्रणालीमा सञ्चालन हुँदै वीरगञ्ज सुख्खा बन्दरगाह र आईसीपी

वीरगञ्ज। माघ १ गतेबाट वीरगञ्ज सुख्खा बन्दरगाह र आईसीपी दुवै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणालीमा शुरु हुने भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाह र आईसीपीको सम्पूर्ण काम कागज नगद तथा चेकरहित बनाउने बताए। उनकाअनुसार १ पुषदेखि आईसीपी कार्यालय र १ माघदेखि भन्सार कार्यालयको सम्पूर्ण काम अनलाइनबाट गरिने जानकारी दिए।

नेपाल सबैभन्दा बढी कागजी रुपैयाँमा कारोबार गर्ने मुलुकमा परेकाले त्यसको अन्त्यका लागि नगदरहित कारोबार शुरु गर्नेगरी सम्पूर्ण पूर्वाधार तयार भएको जानकारी उनले दिए। यसले व्यवसायीको खर्च र समय पनि घटाउने उनको भनाइ छ।

हाल आईसीपीमा एकद्धार प्रणाल शुरु भइसकेको बताउँदै १ माघमा अनलाइन प्रणालीको घोषणा गर्ने उनले बताए।

वीरगञ्ज भन्सारले बिदेशबाट आयात भएका समानलाई नियमन गर्न ग्रिन, हेलो, ब्ल्यु र रेड लेन बनाएर काम गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved