आफू राप्रपा अध्यक्ष भएमा राजसंस्था र हिन्दूराष्ट्र फर्काउने लिङ्देनको दाबी

‘‘राप्रपालाई आफ्नो नीति र कार्यक्रमलाई संस्थागत गर्ने हो भने नेतृत्व परिवर्तनको विकल्प छैन। यो मुद्दा स्थापित गर्न पनि राप्रपा बाहिर रहेकाहरूलाई पनि समेट्न जरुरी छ।’’

नेपालभ्युज

आफू राप्रपा अध्यक्ष भएमा राजसंस्था र हिन्दूराष्ट्र फर्काउने लिङ्देनको दाबी
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा रहेको भन्दै आफूले नेतृत्व लिन सफल हुने दाबी गरेका छन्। बुधबार काठमाडौंमा शूरु पार्टीको महाधिवेशनलाई संवोधन गर्दै लिङ्देनले अध्यक्ष कमल थापालाई अभिभावकीय भूमिका निर्वाह गर्दै आफूलाई काम गर्ने मौका दिन आग्रह गरे।

पार्टीभित्रको मात्रै नभई देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको बताउँदै उनले पार्टीलाई ठूलो शक्ति बनाउने दाबी गरे। वर्तमान अध्यक्ष थापाको नेतृत्वमा पार्टीले गति लिन नसकेको र आफूले नेतृत्वमा रहेर सुधार गर्ने लिङदेनको भनाई छ।

‘‘गत चुनावमा पार्टीले राष्ट्रिय प्राप्त मान्यता गर्न सकेन। ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन। राप्रपाको मुद्दा सडकमा बढ्दै छ। तर, पार्टी महाधिवेशनमा बाहेक चलायमान हुन सकेन,’’ उनले भने ‘‘दुई वर्षमा एकतापछि शुुन्यता जस्तै भयो। यो राप्रपाको इतिहासलाई हेर्ने हो भने, जीवन रोज्ने हो कि मृत्यु रोज्ने वेला हो। यसरी नै पार्टीलाई मृत्युको मुखमा लैजानेकी पुर्नजीजन दिने ? यदि पुनर्जीवन दिने हो भने म सक्षम छु।’’

अब पार्टीमा जनमत धेरै आएर केही मन्त्री बन्न सक्ने भए पनि राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा बनाउन नसक्ने जिकिर गरे। उनले भने ‘‘राप्रपालाई आफ्नो नीति र कार्यक्रमलाई संस्थागत गर्ने हो भने नेतृत्व परिवर्तनको विकल्प छैन। यो मुद्दा स्थापित गर्न पनि राप्रपा बाहिर रहेकाहरूलाई पनि समेट्न जरुरी छ।’’

समयको पदचापलाई बुझ्न अध्यक्ष कमल थापालाई आग्रह गर्दै लिङ्देनले कार्यकारिणी भूमिका परिवर्तन गर्न सहयोग गर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved