एमालेमै रहेका माधव नेपाल समूहका नेता निर्वाचनको पक्षमा

सहमति जुटेमा पदाधिकारी सर्वसम्मत गरेर बाँकी नेतृत्वका लागि निर्वाचन गर्ने तयारी एमालेको छ।

नेपालभ्युज

एमालेमै रहेका माधव नेपाल समूहका नेता निर्वाचनको पक्षमा

चितवन। नेकपा एमालेको आगामी पाँच वर्षको नेतृत्वका लागि सर्वसम्मतिको प्रयास भए पनि सहमति हुन सकेको छैन। आफूनिकट नेताहरूसँग करीब चार घण्टा लामो छलफलपछि बन्दसत्र प्रवेश गरेका अध्यक्ष केपी शर्मा ओलीले सहमति भएको दाबी गरे पनि अहिलेसम्म नेताहरूबीच सहमति भने हुन सकेको देखिदैन।

विशेषगरी एमालेमै रहेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू निर्वाचनको पक्षमा छन्। सर्वसम्मत नेतृत्व चयन गर्दा आफ्नो समूहको उचित प्रतिनिधित्व नहुने देखिएकाले आफूहरू निर्वाचनको पक्षमा रहेको प्रतिनिधिहरूले बताए।

पार्टी फुटअघि नेपाल समूहमा रहेकाहरू केन्द्रीय सदस्यको निर्वाचन हुनुपर्ने पक्षमा छन्।

एक प्रतिनिधिले भने, ‘‘नेतृत्व तथा पदाधिकारी वा केन्द्रीय सदस्य जे पदमा भए पनि आकांक्षीबीच निर्वाचन हुनैपर्छ। सहमतिको प्रयास नपभएको होइन्। अब सहमति नभएपछि चुनाव त गर्नै पर्यो नि।’’

अन्य नेताहरू निर्वाचनको पक्षमा रहे पनि अहिलेसम्म केन्द्रीय नेताहरूले भने खुलेर स्पष्ट विचार राखेका छैनन्।

अध्यक्ष ओलीको प्रतिद्वन्द्वी छैनन् भन्ने देखाउन ठूलो कसरत भए पनि अध्यक्षका दावेदार भीम रावलले पछि नहट्ने अडान राखेका छन्। स्वय‌ं ओलीले नै सहमतिका लागि छलफल गरे पनि ओलीका निकट मानिने वरिष्ठ उपाध्यक्षमा सुबास नेम्वाङ र ईश्वर पोखरेलबीच तथा महासचिवमा विष्णु पौडेल शंकर पोखरेलबीच सहमति जुटेको छैन।

सहमति जुटेमा पदाधिकारी सर्वसम्मत गरेर बाँकी नेतृत्वका लागि निर्वाचन गर्ने तयारी एमालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved