विवादकैबीच प्रधानन्यायाधीशले गरे दुई मुद्दामा सुनुवाइ

नेपालभ्युज

विवादकैबीच प्रधानन्यायाधीशले गरे दुई मुद्दामा सुनुवाइ

काठमाडौं। महान्यायाधिवक्ताको कार्यालय रामशाहथ काठमाण्डौंको तर्फवाट डा. टेकबहादुर घिमिरेले चितवन जिल्ला अदालतविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पूर्ण इजलासले कारण देखाउ आदेश जारी गरेको छ।

आइतबार ३ बजेपछि मात्रै शुरु भएको इजलासमा सैनिक जवानको हत्यासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो। साथै कार्यान्वयन नगर्न अन्तरिम आदेश समेत जारी गरेको छ।

गत साउनमा चितवनको भरतपुरमा ‘द फेमस महिन्द्र दल गण’ शिवपुरीमा कार्यरत सैनिक जवान भरत गुरुङको गोली हानी हत्या भएको थियो। हत्यामा सोही गणमा कार्यरत गंगाराम ढकाल संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा जिल्ला अदालत चितवनले सैनिक अदालत पठाउन आदेश दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मुद्दाको सुनुवाइ अदालतले नै गर्नुपर्ने भन्दै उच्च अदालत पाटनमा पुनरावेदनका लागि निवेदन दिएको थियो।

तर सोहीबीचमा सैनिक अदालतले नै ढकालले हत्या गरेको भन्दै २५ वर्ष कैद सजायको फैसला गरेको थियो। उक्त निर्णयविरुद्ध महान्यायाधिवक्ताको कार्यालय रामशाहथ काठमाण्डौंको तर्फबाट डा. घिमिरेले सर्वोच्चमा रिट दायर गरेको महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता सञ्जीव राज रेग्मीले बताए।

प्रधानन्यायाधीश जबराकै इजलासमा रहेको पाटन उच्च अदालतविरुद्ध भेषराज लोहनीले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा टुंगिएको छ।

प्रधानन्यायाधीश जबराले आइतबार न्यायाधीशहरूको आन्दोलनकैबीच आफूसहितको ७ ‌‍ओटा संयुक्त, तीनओटा एकल र दुईओटा पूर्ण गरी १२ इजलास तोकेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved