डीभी खुलेपछि राहदानी विभागमा बढ्यो भीडभाड

नेपालभ्युज

डीभी खुलेपछि राहदानी विभागमा बढ्यो भीडभाड

काठमाडौं। राहदानी विभागमा सेवाग्राहीहरूको भीड लागेको छ। अमेरिकी डीभी चिठ्ठा खुलेपछि आइतबार विभागमा राहदानी बनाउनेहरूको भीड लागेको हो।

विहानैदेखि मानिसहरूको घुइँचो लाग्न थालेपछि विभागको कार्यालयदेखि उत्तर ढोकासम्म राहदानी बनाउन आवेदन दिने मानिसहरुको भीड लागेको थियो। विहानदेखि लाइन बसेपनि पालो नआएको तनहुँका मोहन थापाले बताए। थापाले कोरोनाको कहर अझैं बाँकी रहेपनि विभागले स्वास्थ्य मापदण्डको कुनै पालना नगरेको गुनासो उनले गरे।

साधारणतया दैनिक १५ सय जनाले राहदानीका लागि आवेदन दिने गरेकोमा उक्त संख्या अहिले पाँच हजार नाघेको विभागले जनाएको छ। भीडभाड बढेपछि परराष्ट्र मन्त्रालयले मन्त्रालयका केही कर्मचारीलाई विभागमा काजमा समेत खटाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved