प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन (तस्वीरमा हेर्नुहोस्)

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको क्रियाकलापविरुद्ध उत्रिने घोषणा गरेको नेपाल बार एशोसिएशनले आजदेखि चरणबद्ध आन्दोलन थालेको छ।

प्रधानन्यायाधीशको राजीनामाको पाँचदिने अल्टिमेटम दिएको बारले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिने बताएको छ।

आज बिहान १० बजेदेखि कानून व्यवसायी, वकीललगायतले हातमा कालोपाट्टी बाँधेर प्रधानन्यायाधीशको विरोध जनाइरहेका छन्।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त आन्दोलन गर्ने बारले चेतावनी दिएको छ। इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने तयारी रहेको बारले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved