थप ५ सय ४९ मा कोरोना संक्रमण

नेपालभ्युज

थप ५ सय ४९ मा कोरोना संक्रमण

काठमाडौं। नेपालमा शुक्रबार थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ७ हजार १ सय ४५ पिसिआर परीक्षणका क्रममा ४ सय ९० जना र २ हजार ६ सय १ एन्टीजेन परीक्षणका क्रममा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ३ सय २५ पुगेको छ।

त्यस्तै कोरोनाका कारण २४ घण्टाको अवधिमा थप ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ३ सय ८८ संक्रमितको ज्यान गएको छ।

त्यस्तै थप ५ सय ६९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९० हजार ३ सय ५८ जना निको भएका छन्। हाल नेपालमा १० हजार १ सय ५१ सक्रिय संक्रमित आइशोलेशन र २ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved