थप चार सय ५५ जनामा कोरोना संक्रमण

नेपालभ्युज

काठमाडौं। नेपालमा बिहीबार थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर ३ हजार ४ सय ९८ को पीसीआर परीक्षण गरिएकोमा ३ सय ९८ जना र सात सय ५७ को एन्टीजेन परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९७ हजार ५ सय ८९ पुगेको छ।

त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार २ सय ६९ जनाले ज्यान गुमाएका छन्।

थप ८ सय ४ संक्रमित निको हुँदा अहिलेसम्म नेपालमा ७ लाख ७९ हजार १ सय ५४ संक्रमित निको भएका छन्। हाल नेपालमा १३ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved