काठमाडौं। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सतारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।
नेकपा एसको बैठक सकिएपछि बालुवाटारमा गठबन्धनको बैठक केहीबेरअघि शुरु भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय भानु देउवाले जनाए। आजको बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एस) का अध्यक्ष माधव नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
बैठकमा सहभागी नेताहरूले आ-आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाइ दिनेछन्। प्रधानमन्त्रीले त्यसपछि मन्त्रपिरिषद विस्तार गर्ने छन्।
नेकपा (एस) को आजै बसेको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको छ। हिजो जसपाको बैठकले पनि शीर्ष तीन नेतालाइ मन्त्री छान्ने जिम्मा दिएको थियो। माओवादी केन्द्रले भने हिजो मन्त्रीहरूको नाम टुंग्याइसकेको छ।
Facebook Comment
Comment