कांग्रेस सभापतिका तीन आकांक्षिका बीच छलफल

शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवास महाराजगंञ्जमा भएको छलफलमा आसन्न महाधिवेशनका विषयमा छलफल भएको जनाइएको छ ।

नेपालभ्युज

कांग्रेस सभापतिका तीन आकांक्षिका बीच छलफल

महाधिवेशनको तालिका प्रभावित हुन थालेसँगै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह फेरि छलफलमा जुटेका छन्। आउँदो १४ औँ महाधिवेशनका सभापतिका तीन आकांक्षी बिच भेटवार्ता भएको हो।

शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवास महाराजगंञ्जमा भएको छलफलमा आसन्न महाधिवेशनका विषयमा छलफल भएको जनाइएको छ।

महाधिवेशन समयमै सम्पन्न गर्ने, सहमतिमा उम्मेदवारी दिनेलगायतका विषयमा छलफल भएको बताइएको छ। एक नेताले नेपालभ्यूजसँग भने ‘महाधिवेशनका विषयमा उत्पन्न आशंकाहरु हटाउने, निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने र सहमतिमा अघि बढ्ने विषयमा छलफल भयो।’

छलफलमा मन्त्रीपरिषद्लाई छिटो पूर्णता दिन सभापति शेरबहादुर देउवालाई दबाब दिने विषयमा पनि छलफल भएको जनाइएको छ। कांग्रेस महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदै छ। तर विभिन्न जिल्लाका वडा तथा पालिका अधिवेशन प्रभावित भइरहेको छ।

यसअघि  असार ७, ११ र १५ गते नेतात्रयबीच श्रृंखलाबद्धरुपमा लन्च मिटिङ भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved