ललितपुरमा दशैँ सुरक्षा योजना लागू

नेपालभ्युज

ललितपुरमा दशैँ सुरक्षा योजना लागू
फाइल तस्वीर

महानगरीय प्रहरी परिसर ललितपुरले दशैँँ, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ। दशैँमा डेरा र घर छाडेर मानिसहरू आफ्नो पुर्ख्यौली थातथलोमा फर्किने हुनाले घर र डेराको सुरक्षाका लागि विशेष कार्ययोजना लागू गरिएको हो।

चोरी, जुवातास, गुण्डागर्दी, पाकेटमारी र लुटपाट नियन्त्रणको योजनासहित सुरक्षा योजना लागू गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। ‘‘८ ठाउँमा एम्बुस र कर्डन एन्ड सर्च टिम परिचालन छ। ललितपुरलाई ८ वटा एरियामा विभाजन गरेर १ हजारभन्दा धेरै प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागू गरिएको छ,’’ उनले भनिन्।

यस्तै ललितपुर छाड्ने यात्रुको सहजीकरण लागि प्रहरीले ललितपुरको सात दोबाटो, लगनखेल र एकान्तकुनामा हेल्प डेस्क स्थापना भएको छ। सात दोबाटो, ग्वार्को, बालकुमारी, चापागाउँ र लगनखेलमा रहेका टिकट काउन्टरमा यात्रुलाई ठगिनबाट जोगाउन निगरानी शुरु गरिएको प्रहरीले जनाएको छ।

व्यापारिक केन्द्रमा निगरानी गर्नका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। ललितपुरका मुख्य चोक र प्रवेश नाकामा सिसिटिभीबाट मनिटरिङ र ‘डग स्निफिङ’ गर्ने गरी सुरक्षा योजना लागू भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved