पोर्नोग्राफी मुद्दा

धरौटी बुझाएर छुटे राज कुन्द्रा

अदालतमा ५० हजार भारतीय रुपैयाँ धरौटी बुझाएर कुन्द्रा सोमबार साँझ छुटेका हुन्। मुम्बई अदालतले उनलाई धरौटीमा रिहा गरेको हो।

नेपालभ्युज

धरौटी बुझाएर छुटे राज कुन्द्रा

एजेन्सी। बलउड नायिका शिल्पा सेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन्। अश्लिल सामग्री बनाएर इन्टरनेटमार्फत बिक्री गरेको अभियोगमा पक्राउ परेका कुन्द्रा धरौटीमा रिहा भएका हुन्।

अदालतमा ५० हजार भारतीय रुपैयाँ धरौटी बुझाएर कुन्द्रा सोमबार साँझ छुटेका हुन्। मुम्बई अदालतले उनलाई धरौटीमा रिहा गरेको हो।

कुन्द्रासँगै उनका आईटी प्रमुख रियान थोर्पे पनि पोर्नोग्राफी केसमा गत १९ जुलाईमा पक्राउ परेका थिए। मजिस्ट्रेट कोर्टले उनीहरु दुवैलाई ५० हजार धरौटीमा रिहा गरेको हो।

कुन्द्रा पक्राउ परेसँगै शिल्पा पनि तनावमा थिइन्। उनले विभिन्न टेलिभिजन शो तथा अन्य कामहरु छाड्नुपरेको थियो। कुन्द्रा रिहा भएसँगै शिल्पाले सामाजिक सञ्जालमा सकारात्मक सन्देशसहितको पोस्ट गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved