आत्महत्या गर्न सप्तकोशीमा हामफाल्ने ६ जनालाई सकुशल उद्धार गरियो

नेपालभ्युज

आत्महत्या गर्न सप्तकोशीमा हामफाल्ने ६ जनालाई सकुशल उद्धार गरियो

काठमाडाैं। सप्तकोशी नदीमा हामफाली आत्महत्या प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार यो गत असारदेखि साउन महिनाको सूची हो।

उनीहरू सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला छन्। त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिलासमेतलाई नदीमा हामफालेको अवस्थााबाट प्रहरीले सकुशल उद्धार गरेको कार्कीले बताए।

उनीहरू सबैलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved