कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

नेपालभ्युज

कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

काठमाडौं । कोशी प्रदेश सरकारले  आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रदेशसभामा पेस गरेको छ ।

जसमा चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ छ । त्यस्तै, पुँजीगत १७ अर्ब १० करोड ६५ लाख बजेट रहेको छ भने वित्तीय व्यवस्थापन १० करोड रहेको छ ।

आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार चालु आर्थिक वर्षको भन्दा केही करोड ठूलो आकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको लागी गएको वर्ष मन्त्री मगरले नै ३५ अर्ब २७ करोड ९३ लाखको पेस गरेका थिए ।

सार्वजनिक गरिएको बजेटको स्रोतमा भने संघ सरकारको अनुदानलाई मुख्य मानिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved