अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि कोशीले छुट्ट्यायो दुई करोड

नेपालभ्युज

अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि कोशीले छुट्ट्यायो दुई करोड

कोशी । कोशी प्रदेशले अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि दुई करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्नेसमेत जनाएको छ ।

नेपालमा उत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गरिने प्रदेश सरकारले जनाइएको छ ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved