बसको टिकट लिन रातिदेखि लाइन (फोटोफिचर)

दशैंका लागि सार्वजनिक यातायातको टिकट खुलेको पहिलो दिन काउन्टरमा रातिदेखि नै सर्वसाधारणको घुँइचो लागेको छ।

बसको टिकट लिन रातिदेखि लाइन (फोटोफिचर)
काठमाडौं। दशैंका लागि सार्वजनिक यातायातको टिकट खुलेको पहिलो दिन काउन्टरमा रातिदेखि नै सर्वसाधारणको घुँइचो लागेको छ।
दशैं तिहारमा चाडबाड मनाउन ठूलो संख्याले काठमाडौं छाड्ने गरेकोमा पछि टिकट नपाइने हो कि भनेर घाम नझुल्किँदैदेखि बसपार्कका काउन्टरमा सर्वसाधारणहरु लाइन बसेका हुन्।
दशैं तिहारमा २० लाख बढीले काठमाडौं छाड्ने गरेपनि चुस्त डिजिटल टिकट बुकिङ सेवा नहुँदा हरेक वर्ष नागरिकहरू बुकिङ खुलेकै रातिदेखि काउन्टरमा लाइन लाग्न बाध्य छन्। बुकिङ खुलेकै मध्यदिनदेखि केही ठाउँको टिकट नपाइँने समस्याका कारण दशैंमा घर फर्किँदा ठूलो सास्ती पाउने अवस्था छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved